जुन साक्षी राखेर
देवी देवता भाकेर
लगाएको माया आज, किन बैरी भो!
फ़ुल सम्झी टिपेर
सजाएको शिरैमा
मिलन थियो दुई आत्माको
विश्वासको दिलैमा
लगाएको माया आज, किन बैरी भो!
जुनेली त्यो रातमा
रमाएको रापमा
संगीतको साथ थियो
मारुनीको भाकामा
लगाएको माया आज, किन बैरी भो!
प्रेमको त्यो वासना
व्यग्रता थियो चाहना
लगाएको माया आज, किन बैरी भो !
जुन साक्षी राखेर
देवी देवता भाकेर
लगाएको माया आज, किन बैरी भो!
फूल सम्झी टिपेर
सजाएको शिरमा
लगाएको माया आज, किन बैरी भो!
इटहरी, सुनसरी
हालः लन्डन, बेलायत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला