यात्राको गतिशील समयमा रोकिनु थियो
तिम्रो लागि नयन तिम्रो पढ्नु थियो
अफसोच कुदिरह्यो समय
म रोकिनु थियो
नदीझैँ बगिरहेको म
तलाउ बन्नु थियो
तिम्रो यादको छालको
तरङ्गमा तैरिनु थियो
रोकिनु थियो म भन्नु थियो
तिम्रा गहिरा नयनमा केही थियो
तर अफसोच म रोकिएको छैन
समयको बहावमा दौडिरहेको अन्ध अस्व
तलाउमा सानो पत्थरले दिएको तरङ्ग छालमा
तिम्रो साथको अनवरत यात्रालाई
रोकिनु थियो म तिम्रो लागि
भन्नु थियो केही रोकिएर
म दौडिरहेको मनवा
साथमा तिमी तर अफसोच
किन छौ तिमी भन्नु थियो तिमीलाई
रोकिनु थियो म तिम्रो लागि
कैदमा रहेको म समयको
एउटा दौडमा जित्न एक्लो
तिम्रो हत्केला हेर्दै भन्नु थियो केही खास थियो
रोकिनु थियो म तिम्रो लागि
समानान्तर आकाशका रेखाहरूमा
समयको बहावमा बग्दै गर्दा
खास थियो तिम्रो साथ भन्नु थियो
रोकिनु थियो म तिम्रो लागि ।