रहेछन् तिर्खाएका मेरा गलाहरू पहिले
हरेक रात देख्दथेँ पानी स्वप्नमा
गाएका रहेछन् राजधानीका धाराहरूले
मेलम्ची जलको गीत पहिले
भएर संसारमै अपार जलाशयको भण्डार सधैं
भएका छन् धबराहट धेरै आत्माहरू सधैं
भएर ब्याकुलित त्यही जलाधाररहित सधैं
देखी सपना छहरा र पहराको
भन्दथे राज्धानी सुखको सहर
भएको रहेछ, अभावको नगर अहिले
भएकी छन् ग्रसित प्रदूषणले अहिले
ढाकेको रहेछ सुन्दर हिमाली दृश्य अहिले
कार्बनको कालो बादलले
खै के दिएको रहेछ लोकतन्त्रले अहिले
रहेछन् साक्षी ती गाग्रीका हार
भएका रहेछन् पानीको भिखारी पहिले
रहेछ कुर्नुपर्ने दशकदेखि
भाकल गरी ईश्वरलाई पहिलादेखि
रहेछ यही देशको स्थिति अहिले
रहेछ सोध्नु पर्ने चुनावअघि
ती खिया लागेका धारालाई
दिएको रहेछ कस्को भोटले
उसको मुखमा पवित्र पानी अहिले

गर्दो रहेछन् कुरा सवार चन्द्रलोकमा
हाम्रा निर्लज्ज नेताकार्यकर्ताले
सोध्नु पर्नेछ आफ्नै घाँटीलाई
भिज्ने रहेछ कुन जुनीमा
शीतल जल छातीमा
बितेका थिए बाल्यकालका दिनहरू
लोडसेडिङको अन्धकारका पहिले
आएका रहेछन्, कुल्मान सूर्य बनेर
छरेका रहेछन् ज्योतिका किरण अहिले
हरेक गाम र सहरमा

गरेका रहेछौ के कुटकर्म पूर्वचोलामा
रहेछ खरिनु पर्ने
कहिले प्रकाशका लागि
कहिले जलको लागि
कहिले रोजगारका लागि
उम्कनु परेको रहेछ मातृभूमिबाट सबैजना
गाउनु परेको रहेछ, लोकभाका वियोगमा
भिजाएर सिरानी पर्देशमा
रहेछन् सूत्रधार बिचौलियाहरू
बनाएका रहेछन् राज्यले कूनीति
किन्नु पर्ने रहेछ विदेशी उत्पादन पहिले
चाहेका रहेछन् बनाउन सिक्किम जस्तै
विश्वको मानचित्रबाटै विलिन विस्तारै
गराएर जनमत संग्रह विस्तारै
भएर आबद्ध युवारुपी बासहरू
बजाउनु पर्नेछ, बाँसुरी रुपी आवाजहरू
सुशासनका लागि
रोजगारीका लागि
समृद्धिका लागि
फर्किएर युवारुपी ज्वालाहरू
छर्किनु पर्नेछ वत्सनाभहरू
राष्ट्रघाती तत्त्वहरूलाई अहिले
फर्कने छन् राष्ट्रसेवक पालुवाहरू
आउने छन् कुदरती आत्माहरू
बिउताउनु पर्ने रहेछ स्फुरण अहिले
गाम सहर फर्क अभियान अहिले
विदेशिने नेपालीका श्रवणेन्द्रियमा माझ
यहीं रहेछ बिन्तीभाउ जन्मथलोको अहिले ।

सुमन भट्टराई
बर्तुङ्, पाल्पा
(हाल युके)