पीडामा छ देश नेतालाई भलो भए पुग्छ
रमाउँछन् बोक्सा–बोक्सीहरू थलो भए पुग्छ
समृद्ध यो देशको बारे कोही केही सोच्दैन
भ्रष्ट नेताका ती चम्चेलाई कलो भए पुग्छ
तयनाथ रहन्छन् हँसिया, खुँडा र तरवार
खुकुरीलाई सुरक्षित हुन दलो भए पुग्छ
यसैमा सन्तुष्ट छु ठूलो सपना छैन मेरो
घरबारी आँगनसँगै सानो खलो भए पुग्छ
किसान हुँ परिश्रम गर्छु नङ्ग्रा खियाउँछु
मलाई एक हल गोरुसँगै हलो भए पुग्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सुरेन्द्र शाही "गुलाब कान्छो" पुष २२, शुक्रबार १५:३१