कहिलेकाहीँ लाग्छ मेरो स्वतन्त्रता खोसिएको
हो कि, सपना पूरा त गर्नै पर्यो
सपना पूरा त गर्नै पर्यो, सपना पनि लाहुरे हुनेछ
हजुर देशकै लागि त मर्नै पर्यो

शरीरमा बर्दी लाएर जुत्ता अनि छड्के टोपी लाएर
राइफल समाएर देशको सेवा त गर्नै पर्यो
अरुका लागि हैन हजुर देशको लागि त मर्नै पर्यो

यति गर्दाखेरि कहिलेकाहीँ लाग्छ
मेरो स्वतन्त्रता खोसिएको हो कि तर
लाहुरे भएर युद्धमा जाँदा दुस्मनलाई
मार्नु पर्यो या देशको लागि मर्नै पर्यो

पढाइ पनि ठिकठिकै छ
पढाई सकाएर लाहुरे जानु हुन्थियो
पढाई अझै सिदिनै छ दिन हरु गन्दै छु
जाने त्यो युद्ध को खेलमा जान मन छ लाहुर
कालो धुवा निकाल्दै चल्ने त्यो लामो रेलमा
कालो धुवा निकाल्दै चल्ने त्यो लामो रेलमा,

 

हाल: दमक 10, सानो बाह्रघरे, झापा