छन्द- उपजाति

दुई नेत्रमा दिव्य जाज्वल्ता र
थियो ज्ञानले चम्किएको मुहार ।।
थियो वाकमा देवताको निवास
तिमी छर्दथ्यौ काव्यधारा अशेष ॥१।।

सबै मुग्ध छन् काव्यको पानले नै
जित्यौ विश्व यो एक मुस्कानले नै ।
बनेका थियौ काव्यमा कालिदास
तिमी ढुक्ढुकी काव्य को हो प्रकाश।।२।।

टिपी भाव नौलो घरी आसमान
त्यही भावलाई मुछी औ सुधामा।
अरे! लेखनी पोखियो पुस्तिकामा
र पीयूषवर्षा भयो है धरामा।।३।।

तिमी लेखका नाथ हो लेखनाथ
थियो मित्रता लेखनी हातसाथ।
तिमीमा थियो ब्रहमको तत्व सार
यसैले तिमी काव्य लेख्थ्यो अपार ।।४।।

कहाँबाट आई मिले शब्दधारा?
स्वयं शब्द मथ्यौ कि लिन्थौ सहारा?
कि बुन्छौ तिमिले कुनै इन्द्रजाल?
छ तिम्रो कि त्यो लेखनीमै कमाल?५।।

देवघाट ५, तनहुँ
परमानन्द संस्कृत गुरुकुलम्