म उनको आँखा भैदिऊँ
र हेरिदिऊ आफ्नै आँखा
आखिर त्यस्तो के रहेछ मेरो आँखामा ?
कि उनी डुबिरहिन् चाहान्छिन् ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको हात भैदिऊँ
र स्पर्श गरिदिऊँ आफ्नै हात ।
आखिर त्यस्तो के रहेछ मेरो हातमा ?
कि उनी स्पर्श गरिरहन चाहान्छिन् ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको छाती भैदिऊँ
र आफ्नै तस्बिर टाँसेर आँफैलाई सम्झिदिऊँ
आखिर त्यस्तो के रहेछ मेरो तस्बिर टाँसेर सम्झिनुमा ?
कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर
मलाई सम्झिरहन्छिन् ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको ओठ भैदिऊँ
आखिर त्यस्तो के छ र मेरो आगमनमा
कि सबथोक बिर्सिएर उनको ओठ
मेरो आगमनमा मुस्कुराइदिन्छ ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको आँसु भैदिऊँ
र छुटिनेबेला उनको परेलीबाट खसिदिऊँ
आखिर त्यस्तो के छ हामी छुट्नुमा ?
कि उनको आँसु मेरो निम्ति खस्नु परोस् ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको पैताला भैदिऊँ
र हिँडिदिऊँ आफैँसँग
आखिर त्यस्तो के छ मसँग हिँड्नुमा ?
कि उनको पैताला काँडा कुल्चिएर पनि
मसँगै हिँडिरहन चाहान्छ ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनी भैदिऊँ
र पर्खि बसुँ आफैँलाई
आखिर मलाई पर्खिरहनुमा त्यस्तो के मज्जा छ ?
कि म हिँड्ने बाटोमा
घण्टौसम्म मलाई पर्खिरहन्छिन् ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनी भैदिऊँ
अनि आफैँलाई प्रेम गरिदिऊँ
र थाहा पाइदिऊँ
यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य ।
ताकि यतिकै प्रेम गर्न सकुँ उनलाई
जो मलाई एकोहोरो प्रेम गर्छे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।