चकमन्न सुनसान रात
आकासमा चम्किएका सानासाना ताराहरू
आँैसीको रातमा लुकेको जून र
दोबाटोमा उभिएको म एउटा भिखारी ।

मन दोधारमा छ
यो बाटो जाऊ या त्यो बाटो जाऊ
छिटो जाऊ या
एकछिन यहीँ टुसुक्क बसाँै
लक्ष्यविहीन जिन्दगी
न केही बित्ने न केही छुट्ने ।

भोको पेट
टप्प सुकेको प्यासी ओठ
केही पाउने आसमा
भिरेको झुत्रो झोलाभित्र
हात हाल्छु
खानको लागि एक गेडो मकै छैन
पिउनको लागि एक बोतल पानी छैन ।

फाटेका लुगाहरू
खुट्टामा एकजोर चप्पल छैन
टाउको टोपी फाटेर
सेतो भित्री देखिरहेको छ
याद पनि छैन आफँै किनँे
या कसैले दियो ।

अझै दोधारमा छु
दाया जाऊँ या बाया जाऊँ
यो बाटो रोजौँ या त्यो बाटो रोजौँ
या यही दोबाटोमा अल्मलिरहौँ
कोही आउने आसमा
केही पाउने आसमा
नयाँ बिहानी हुने आसमा ।

धिक्कार छ मेरो जिन्दगीलाई
दोधारमा नै बाँचेको छु
यसो आफैँलाई नियाल्छु
यी हातहरू सग्लै छन
खुट्टाहरू बलियै छन्
दुई चार अक्षर पढेको पनि हो
सपनाहरू सजाको पनि हो
देशको मुहार फेर्न
जनयुद्ध पनि लडेकै हो
के मा अल्झिएँ आज
कहा गएँ ती जोस र जाँगरहरू
किन लर्खराएँ यी तन र मन ।

जब देश परदेश बन्न लागेपछि
शाषकहरू लालचर मस्तीमा डुबेपछि
शासन कुशासनमा परिणत भएपछि
जनताहरू अनाथ र दुर्वल भएपछि ।

हरेक दिन म जस्ता भिखारीहरू जन्मन्छन्
र दोबाटो उभिएर सोच्छन्
यो बाटो जाऊ या त्यो बाटो जाऊ
दायाँ जाऊ या बायाँ जाऊ
लक्ष्यविहीन जिन्दगी
न केही बित्ने न केही छुट्ने ।