घचेडिरहन्छन्
एक थान आकृतिहरु
त्यो
म हुँ
अथवा
मजस्तो अरु कोही ?
हुन त मैले
‘म’ हुनका लागि
के नै पो गरेको छु र ?

मैले
बाँचेको जिन्दगी
मेरो समाजमा
म जन्मनुभन्दा अगाडि,
सदियौंदेखि चलिआएको
नियमको किताब हो ।

यदि मैले
यो किताबका
सूत्रहरुबाट
फुत्न निस्किएर
अपवाद बाँचेको भए
आज मसँग
उत्तरहरु हुने थिए
ऐना हेर्दा
मलाई नै प्रश्न तेस्र्याउने
आँखाहरुका लागि ।

आज
मसँग
‘म’ नै
जवाफदेही छैन,
यति चाहिँ थाहा छ –
यी सूत्रहरुको
मान राख्दै राख्दै
आफ्नो उमेर घटाउनु छ ।