
निपेश सम्राट
यो त एउटा गाली गाली जस्तो छ नि
कि स्वाभिमानको गालामा
एकहाते ताली ताली जस्तो छ नि
या घरकी भन्दा प्यारी
अङ्ग्रेजी बोल्ने साली साली जस्तो छ नि
या पापी पेटको खाली खाली जस्तो छ नि
या चिहान खन्ने कोदालीको फाली फाली जस्तो छ नि
या स्वाधीन
(स्वादहीन होइन है फेरि …)
स्वाधीन माछा मार्ने जाली जाली जस्तो छ नि
यो एम.सि.सि. भनेको के हो ?
खाली सिसी
हो कि
पुरानो कागज हो ?
आलु हो कि प्याज हो ?
४२० को बाटो हो कि
४२० भोल्टको झट्का हो ?
भिख हो
कि
दान हो ?
चारो हो
कि
गोली मारो हो ?
निद्रा हो
या
ध्यान हो ?
ज्ञान हो
या
अज्ञान हो ?
यो एम. सि. सि. भनेको के हो ?
भैँसी हो कि पाडो हो
लैनो हो कि थारो हो ?
माकुरो हो कि जालो हो ?
बिरालो हो कि बाघको अङ्गालो हो ?
जुगाले पाल्न लागेको जुका हो
या
पहिचान हराउने लुगा हो
या
‘गोपी कृष्णको’ २ ~नभनी
होली वाइन पिउने सुगा हो ?
अहिलेको लागि सहयोग
पछिको वियोग हो ?
या
कोरोना भन्दा डेन्जर रोग हो ?
ए भन्देऊ न कोही
यो एम.सि.सि. भनेको के हो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

