
नटिप फूल शिरमा लाउने हैन भने
नदेखाऊ आशा मनमा माया छैन भने
टिपेसी फूल ओइली जान्छ, न देउतालाई हुन्छ
झुटो मायाले मुटु खान्छ, बेर्थै मन रुन्छ
न आइदेऊ वर, पछि पर हुने भए
नखाइदेऊ वाचा वाचै कर हुने भए
वाचाले होइन मनले जोडे, बल्ल माया हुन्छ
मुटुको घर मायाको छानो, खुसी छायाँ हुन्छ ।
अर्मादी
वालिङ २, स्याङ्ग्जा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
