गरेर पहिरन सप्तरंगी वस्त्रहरूलाई
लगाएर साइनो मिर्मिरे बिहानी सूर्यलाई
हुँदा रहेछन् जम्मा मजदुरहरू पर्देशमा
पर्खी रहेका हुन्छन् चौमुहनीमा
भएका रहेछन् सिकार गृहयुद्धले
भएका रहेछन् आग्रस्त जातीय द्वन्द्वले
गएका रहेछन् परलोकमा
दाहकर्म बिना महोदधीमा
भएका रहेछन् कति अपाङ्ग अहिले
रहेछन् सबल मातृभूमिमा पहिले
जलेको थियो अंगभंग त्यो खाडीको रापमा
रहेछ अन्धो कानुनको आँखा तिनीहरूमा
नरहेछ राज्य उत्तरदायी उपचारमा
गरेका रहेछन् अमूल्य जीवन बलिदान पर्देशमा
हरेका थिए यिनीहरूको प्राण मानव तस्करले
खोसेर लगेको रहेछन् सास डिङ्गी डुङ्गामा
बनाएको रहेछन् अनागरिक अहिले
आफ्नै नागरिकलाई मानव तस्करले
गराएका छन् बदनाम राष्ट्रको गरिमा
सम्पूर्ण विश्वमा अहिले
जन्माएका रहेछन् नक्कली शरणार्थीहरू
भ्रष्ट शासकहरूले पैसाको लालचमा
बाँचेका छन् वास्तविक शरणार्थीहरू अहिले
पीडादायी जीवन प्रत्येक दिन
खोसेको रहेछ विकसित देशमा
बाँच्न पाउने अधिकार तिनीहरूमा
नहुँदा अध्यागमन अवस्था पहिलादेखि
बाध्य छन् मजदुरी गर्न आज
आउँदा रहेछन् त्यहाँ अहिले
आधुनिक दासका भोगीहरू
उनीहरूको खोजीमा अहिले
गाएका हुन्छन् पसिनाका गीत अहिले
बुझेको हुँदोरहेछ भोको पेटले
आहारको भाषा पहिले
भएका रहेछन् मजदुर मजबुरीले
बुझेको हुन्छ भवनको आँखाले
मजदुरको भाँडाका
जगाउनु पर्ने रहेछ सचेतना आज
दिलाउन पर्नेछ मुक्ति आधुनिक दासत्वबाट
मानव बेचबिखन गर्ने दलालबाट सदासर्वदा
गर्नुपर्ने रहेछ श्रमिकलाई सम्मान
हुनेरहेछ राष्ट्रको उत्थान
रहेछन् मजदुर नै राष्ट्रका कर्णधार ।

बर्तुङ्,पाल्पा (हालः युके)