तमाशा चल्दै छ
म उपल्लो डाँडामा
पोको पन्तुरो बोकेर
रमिता हेर्दै बसिरहेछु
कलियुगले आफ्नो युग
बिर्सिसक्यो !
काजी साबको चुरोटको ठुटोले
गाउँमा डढेलो लगायो
गाउँ डढेको खुसियालीमा
एउटा बूढो मान्छे
नाङ्गै नाचिरहेछ
त्यस्का धर्मपुत्र
ताली पिटिरहेछन्
बेजोड बतास चल्यो !
तिन्का आमाको
लाशमाथिको कात्रो उडायो
लगेर फ्याँक्यो बहुत दूर
आमाको यौनाङ्गबाट
बगेको आलो रगत, र
काजीले चुरोट सल्काउनुअघि
सलाई बाल्दा हातमा देखिएको रगत
यी दुवै रगतबीच रगतकै नाता छ
आमाको लाशले कात्रो खोजिरहेछ
छोरा भनौदा ताली पिटिरहेछन्
गाउँमा यस्ता थुप्रै लाशहरूले
काँध खोजिरहेछन् ।
भरतपुर, चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला