मेरो जन्म एउटी महिलाको कोखबाट भएको हो
नौ नौ महिना मेरो बास त्यो कोखमा थियो
सबथोक थियो मेरो लागि मेरो खुसी
मेरो सुरक्षा सब थियो
के मैले नमनाउने महिला दिवस
मेरो सुरक्षा दिवस हुन सक्दैन र

हिँड्न सक्ने भएँ,एक एक गाँस उनैले
चपाएर दिएको नै खान सक्ने थिएँ
उनैको स्तन चुसेर म बढ्दै गएँ
साथीसंगी भए उनैले हात समाएर लेख्न सिकाए
के मैले नमनाउने महिला दिवस
मेरो जन्म दिवस हुन सक्दैन र

अलि बढ्दै गरेकी एउटी दीदी
म नभएसम्म खाना खान्न थी
रुन्थी, कराउँथी मलाई काखा लिई
एक गाँस खुवाउँथी,एक गाँस खान्थी
के मैले नमनाउने महिला दिवस
मेरो खाद्यान्य दिवस हुन सक्दैन र

अलि ठूलो भई लेख्न पढ्न थालेँ
नजानी बिगार्दै लेख्दै गर्दा
ममा सरस्वती बसाउने
मेरो नजिक आई लेख्न सिकाउने
मेरी गुरुआमा तिनीलाई मेरो शिर नझुकाउने
के मैले नमनाउने महिला दिवस
मेरो शिक्षा दिवस हुन सक्दैन र

घरबाट अलि निकै परको विद्यालय
हिँड्न गाह्रो मान्ने म
मेरीसँगै यात्रालय संगी
उनले गरेको आग्रह
स्वीकारी प्राप्त शिक्षा उनका लागि
के मैले नमनाउने महिला दिवस
मेरो संगी दिवस हुन सक्दैन र

लड्दा पड्दा भौतारिँदा
एकपछि एक जीवनचक्रमा
साथमा विग्रहमा अवकाशमा
आएका हर एक नारी मेरा लागि
महान् भएर आए मेरालागि उभिए
विभिन्न भूमिकामा आए मेरा लागि नै
उभिएँ
के मैले नमनाउने महिला दिवस
मेरो महान् दिवस हुन सक्दैन र

कस्तो समय त्यो समय उनी मेरा लागि
मात्र मेरो लागि भनेर आइनँ
मेरो जीवन संगिनी भएर आइनँ
प्रकृतिको पनि खेल कस्तो
जे जस्तो भए पनि उनी मेरा लागि भनेर आइनँ
म रुँदा सँगै रुने,म हाँस्दा हाँस्ने
मात्र उनका लागि
के मैले नमनाउने महिला दिवस
मेरो संगिनी दिवस हुन सक्दैन र

सबै विश्वासहरू भत्काई
मिल्काई सबै अज्ञानताका पाठहरू
ती महानताहरूलाई सम्मान गर्न
कुन ज्ञानले अवरोध गर्दैछ
किन अझै ज्ञानको चच्छु उजागर गर्न
के सीताले दिइराख्ने सधैँ अग्निपरीक्षा
के मैले नमनाउने महिला दिवस
मेरो सीता दिवस हुन सक्दैन र

भत्किने छन् बर्लिनका पर्खालहरू
नरोक तिम्रा कदम
बन्नेछन् नयाँ संसार यहीँ
जहाँ सम्मानित हुनेछन् हर एक आमाहरू
कहलिनेछन् हर एक नारीहरू
अनि
के मैले नमनाउने महिला दिवस
मेरो नारी दिवस हुन सक्दैन र