
बोल्दैमा मात्र हुन्छ र
मित्रता आत्मियता
नबोलेर नै कोही कसरी हुन्छ
यति प्यारो
आक्कल झुक्कल
दोबाटोमा भेट्दा मुस्कुराउने
तिम्रा ओठहरू
हल्का लजाएर रात्तिने
तिम्रा गाला
धेरै होइन ४/५ सेकेन्डको
कस्तो प्रेमिल पल त्यो
रोमान्चकता भरेर आफैँमा
प्रेमिल सुखानुभूति दिने
यदि समयलाई रोक्न सक्ने भए
म पुरै जीवन
त्यही ४/५ सेकेन्डमा बाँचिदिन्थे
भुलाएर आफूलाई
तिमीसँग चाहेर पनि
बोल्न सक्दिनँ म
किनकि गुमाउनु छैन मलाई
त्यो ४/५ सेकेन्डको माधुर्य
सम्मोहन तिम्रो नयनको
कुरेर घण्टौँ तिमीलाई
भेट्न तिम्रोपछि लाग्नु भन्दा
अकस्मात, अपरझट
भइरहोस् यस्तो भेट
जसले दिइरहोस्
प्रेमको नवीन ऊर्जा !
धरान १६



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
