पीर मनमा थियो
त्यो दर्पणलाई खबर कसले दियो ?
एक्स‑रेले शरीरको भित्री चोट देख्यो
साँच्चै त्यो पीर कहाँ थियो ?

आँखाभरि अश्रु थियो
त्यो सागरलाई खबर कसले दियो ?
सियो रोपे नि रगत बग्छ
आखिर ती आँसु बन्ने पानी कहाँ थियो ?

हल्ला थियो माया बस्यो भन्ने
त्यो गुलाबलाई खबर कसले दियो ?
अरे प्रेमको सबुत माग्छन् अचेल
होटलसम्म लाने अनुमति कसले दियो ?

वाचा थियो सँगै बाँच्ने सँगै मर्ने
आखिर त्यो पैसालाई खबर कसले दियो ?
नहुनु तनको दुःख हुँदा मनको दुःख
फेरि बीचमा यो अभाव कसले दियो ?