कविन वाम्बुले राई

मामा –
उः त्वाम चोमोलुङमास्याङ
उः ह्वाम लिब्जु–भुम्जुस्याङ
रोबो–ख्वाल्बो त्वाम पासाख्
उः य्वाम ग्ल्वाकुस्याङ
उट्टुलुम्बो त्वामारि पासाख्
नु मैना म्वालगोटा च्वाप्साख्
थेबोथेबो ब्रोसे फ्याम्टोल्वा च्वाप्साख्
आम रान्चो द्याल हिमपाइँम
आम रान्चो च्याँमाखा दिमपाइँम ।

मामा –
उङ्गु आज्वाल्थु
उङ्गु आहिप्थु
उनुख्वा ब्अिम्दुमेइ योरतिड
उनुख्वा हिब्दुमेइ ङाबुतिड
ब्लान्डि पाच्चा
मुयोन् जिखिमल्वा
चाकुबेला जासाख्
चाकुबेला आजात्थु
बलधुम पासाङ बाङ्म
चाकुल् ड्अ्वामख्वा चुङ्तिम
चाकुल् खोखोख्वा क्र्वामाङ्तिम
इमब्वाल्वा या आनाइथु–आम्याल्थु
ङाबुना–सेबुना दाल्साङ् बाङ्म ।

मामा –
उङ हालुङ्मेइ ब्याला
त्वामभोरिल्वाम त्वामारि
ग्लुबेभोरि ङाबुना
कुरपाइमाख् थि
‘आलिम् तिम !’ देनुमाख् ह्वाला
आम्सिख्वाल पिताङ्के या
इम ग्लुबेल्वास् चार्ति गाइँम थि !

मामा –
कावातिचो कुडु लिमिम् ह्वाला
उङ्चै ङाबुना–सेबुना दाल्सा बाङ्म्वाल
त्यावाइँ लिम्सिचाब्बेइ आबा
उनुख् चार्नुमेइ पिताङ्के स्वार्सितुम्सुवाइँ
लिम्चाम योर माउमेइ आबा
चाब्बेतिवाँ ब्लाच्चो मौसिरल्वा
नाक्सो–ङाबुचो माल्साख्वा
सेसा–न्वाङ्गि पाचाम पाराख्
दौरा सुरुवाल वाम्बुले टोपी पाइसै
बाँसुरि बिनायो मचंगा त्वाप्सै
मंसिरपुर्ने जातुर दिचाम पाराख्
द्याल लिम्चाम योर ब्अिम्साङ बाङ्म
मामा, उङ्गुइँ द्याल लिम्साङ बाङ्म ।

 

नेपाली अनुवादः मेरी आमा

कबिन वाम्बुले राई

आमा –
ऊमाथिको सगरमाथाजस्तै
ऊ परका लिब्जु–भुम्जुजस्तै
अग्लो–ठूलो मन गरेर
ऊ तलको दुधकोसीजस्तै
धेरै गहिरो माया गरेर
नौ महिना कोखभित्र राखेर
धेरैधेरै समय काखमा राखेर
यो सुन्दर गाउँ देखायौ
यो सुन्दर धरती टेकायौ ।

आमा –
म नजन्मदै
मलाई नदेख्दै
तिमीले कल्पना गरेका कुराहरू
तिमीले देखेकी सपनाहरू
पूरा गर्न
परदेशमा
कहिले खाएर
कहिले नखाएर
बल गर्दैछु
कहिले घामले पोल्छ
कहिले जाडोले ठिंग्राउँछ
त्यतिखेर पनि नबिसाइ–ननिदाइ
सपनाहरू पछ्याउँदैछु ।

आमा –
म हिँडेको बेला
मनभरिको माया
झोलाभरि सपना
बोकाएकी थियौ
‘फर्किन्न कि !’ भनेर होला
अलिकति आँसु पनि
त्यहीँ झोलामा झारिदिएकी थियौ !

आमा –
साथीहरू घर फर्किए होलान्
मचाहिँ सपनाहरू पछ्याउँदै गर्दा
अझै पनि फर्किन सकेको छैन
तिमीले झारेकी आँसु सुकिसके पनि
फर्किने कुरा बिर्सेको छैन
सकें भने आउने मंसिरमा
कुलगुरु–सह कुलगुरु खोजेर
पितृकार्यहरू (सेसा–न्वाङ्गि) गर्नेगरी
दौरा सुरुवाल वाम्बुले टोपी लाउँदै
बाँसुरी बिनायो मुर्चुङ्गा बजाउँदै
मंसिरेपुर्ने एकराते बजार जानेगरी
गाउँ फर्किने कुरा सोच्दैछु
आमा, म पनि गाउँ फर्किदै छु ।

 

(लिब्जु-भुम्जु पुरस्कार २०७९ बाट पुरस्कृत)