तीन छन्द कविका तीन कविता
संकलनः यम रेग्मी 
छन्दकविताः वन—फूल
डा. गोविन्द आचार्य
छन्द तोटक १२ अक्षर गण स स स स
वनकी तनकी मनकी सरुपा
रसिली हँसिली श्रतुकी वनिका
वन आँगन हो वन नै घर हो
तिमि वन्यसुता वनकी कलिका ।
न त मालिक कनै न त मालिक छन्
खनजोतविता पनि ढक्मक झन् ।
न त पर्दछ सिञ्चन गर्न जल
न त पर्दछ छर्कन गोठ— मल ।
कसले जल सिञ्चन गर्छ यहाँ
कसले बिउ बीजन छर्छ यहाँ
कसले भन औषध आदि ग¥यो
कसले भन हेर—विचार ग¥यो ।
भ्रमरा, लहरा,वनरत्न अरू
झरना,चिडियासँग साथहरू
मिलि खेल रची अवनीतलमा
दिन रात रमाउँदछन् ललना ।
मृदु आकृतिमा ढकमक्क फुली
मन चट्ट हरी मदिराधर ली
दिलका मृदु तार छुँदै यसरी ?
भन राग अलाप्य सिक्यौ कसरी ?
सरसर् सरसर् बहँदो छ हवा
यसकै सुरताल निनाद बुझी
वरकी फरकी पुतली सरि ऊ
मृदु नर्तनले मन च्याप्प चुमी ।
मनमोहक दिव्य सुगन्ध कहाँ
कसरी बटुल्यौ र ध¥यो तनमा
यिनि कोमल, प्राकृत—कान्त—कला
भन ए ! कसबाट सिक्यौ चपला ।
            ७
छन्दकविताः भरोसा
कृष्णशरण उपाध्याय
छन्द भुजङ्गप्रयात १२ अक्षर गण य य य य
भरोसा घडा झैँ हुने गर्छ टुट्छ
भरोसा सिसा झैँ हुने गर्छ, फुट्छ
हुने गर्छ चिप्लेकिरा झैँ भरोसा
नथामे नधाने स्वयम् बाट छ्ट्छ
भसोसा हुने गर्छ धागै समान
हुने गर्छ मीठो परागै समान
भरोसा सँगै बढ्छ सम्बन्ध चोखो
टुटे बिग्रिए बन्छ आगै समान
दह्रो हुन्न हात भरोसा विना को
दह्रो हुन्न छाता भरोसा विना को
यसैमा अडेको छ संसार सारा
भरोसा विनाको कुनै धर्म हुन्न ।
भरोसा विना को कुनै पर्म हुन्न
भरोसा विना को कुनै कर्म हुन्न
यसैमा अडेको छ संसार सारा
भरोसा विना को  कुनै धर्म हुन्न
न व्यापार हुन्छन् भरोसा विना का
न सञ्चार हुन्छन् भसोसा विना का
समाचार हुन्नन् सदाचार हुन्नन्
जनाधार हुन्नन् भसोसा विना का
भरोसा भएमा निको हुन्छ  रोग
भरोसा लिएमा उँभो जान्छ योग
गुरु ज्ञान दिन्छन् भरोसा दिलाई
भरोसा हटे हुन्छ साह्र बिजोग
त्यसैले भरोसा अँगालेर राखौं
खसेको भए त्यो उचालेर राखांै
भरोसा सबै देश चल्ने कडी हो
नछाडौँ भरोसा सँगालेर राखौं ।
छन्दकविताः उत्साह
डा.माधवप्रसाद सापकोटा
छन्द इन्दबज्रा
११ अक्षर गण त त ज गु गु
जङ्घार डाँडा अनि भीर पाखा
सम्माउने कर्म हुँदैछ आज
निर्माण होला जग यो पवित्र
वर्षौ दुखेका मन भित्रभित्र ।
लेख्नू छ सच्चा इतिहार फेरि
भोकाहरूका अनुहार हेरी
झर्दै गरेका सब झारपात
जानेछ टाढा क्रुर काल रात
फुल्दो छ रातो वनमा गुराँस
खेल्दै छ मौरी पनि पुष्प साथ
संगीत बज्लान् जन गीतसँग
साम्राज्यवादी गरि तङ्गभङ्ग ।
बोकी हिंडेमा सपना हजार
भेटिन्छ पक्कै मनको जुहार
बाटो उकालो तर खेद छैन
उत्साह त्यागे चुलि भेटिदैन ।