सृष्टिको
जीवन चक्रसँगै
नारीको
स्वरूपमा जन्मेकी
प्रेमकी खानी
ममताकी रानी
आमा!

निःस्वार्थ प्रेममा
सन्तानको रक्षा
जीवनलाई
धितोमा राखेर
कोख चिरेर
उत्तराधिकारी जन्माउने
महान् शक्तिकी मूल
आमा!

आफू भोकै रहेर पनि
सन्तानलाई खुलाउने
जिन्दगीको भरोसा
मानवनिर्मित शब्दकोशका
शब्दले
परिभाषित गर्न नसक्ने
वर्णन गर्न नसक्ने
आमा !

आमा नै
दुर्गा शक्ति
आमा नै
लक्ष्मीधन
आमा नै
सरस्वतीविद्या
आमा नै धर्ती
आमा प्रकृति
आमा सिर्जना
आमा नै माटो
आमा नै देश
आमा नै विश्व
आमा नै प्रकाश
आमा नै अन्तरिक्ष
आमा नै आकाश
आमा नै आमा
आमा !