त्यो एक समयले
मलाई भनिरहेछ
हे गरिब, तँ कति तड्पिन्छस् ?
तँलाई भोकमा खान छैन
निद्रामा सुत्नु छैन
दिनमा काम छैन
पेटमा माम छैन
गोजीमा दाम छैन
एक पटक आफ्नै घरको दुर्दशा हेर
घरको छानो छैन
रहरको सीमा छैन
जताततै पीडाको थुप्रैथुप्रो छ

तँ सँगैको साथी
शहर पसेको छ
मोज मस्तीमा रमेको छ
घर छ, गाडी छ
तँसँग के छ ?

म पनि एकपटक सोचिरेछु
वास्तविकता नियालिरहेछु
सत्यको नमिठो गन्धमा
जबर्जस्ती जीवन बिताइरहेछु

कहिले यता हेर्छु
कहिले उता हेर्छु
बाँकी भएको
जीवनलाई हेर्छु
चारैतिर अन्धकार, जताततै
भोक, शोक र रोग
अहो जिन्दगी !

दरबार मार्ग
काठमाडौं