अर्को नाममा गाायब छ
वन
अर्को नाममा जमिन
खडा छ देशको नाममा अर्को प्रदेश
देशले आफ्नो स्वर्ग हराएको छ
सुनाएको छैन जजले
सुनाएको छैन पशुपतिले
राजा फालेको श्राप
देशलाई
च्यातेको छ देशले हारेको फैसला
शुक्रराजले
गरिबलाई आफ्नो फोटो टाँसेर भिराएको बन्दुक
झिकेको छैन उठेको मान्छेले
झरेको छैन तल
मान्छे मार्नेलाई नमस्कार गर्नेको हात
पशुपतिलाई
मौन भएको आरोप छ
जनतालाई पनि देशसित नबोलेको
आरोप छ
समर्थनको यस बेला प्रदर्शन
बोल्नेलाई छैन
भगवान्को कथावाचक
मरेको छ
नारायण पोखरेल
न्यायकी देवी कात्रो ओढेर उभिएकी छ
यस बेला
गङ्गामाया
कुन पदमा छ सत्ताको रगत
पदको समाचार आइरहेछ लगातार
मुद्दा कोर्टमा छ
महामुकाबला छ
भागबन्डाको
आएको छ सडकमा
यस बेला जनता
भन्दै आफ्नो नाम
चोरी भएको छ
बेच्दैछ आफ्नो नागरिक
बेच्ने यस बेला
शरणार्थी बनाएर