प्रतिपल तिम्रै आसमा

तिमीलाई भेट्ने प्रयासमा

यो मन,मुटु शरीर र आत्मा

तड्पिरहन्छ

को हो ?

के हो तिमी ?

एउटा अदृश्य छाया

जसको सान्निध्य पाउन

यो मन लालायित हुन्छ

प्रतीक्षाको घडी

लम्बिँदै जान्छ

मौनता र शून्यतामा

म टोलाइरहन्छु

परिस्थिति विपरीत छ

भेट्नलाई कुनै

विकल्प नै छैन, तर…

मनको विश्वासले भन्छ

पर्ख अलि बेर पर्खी बस

यो पर्खाइमा एउटा विश्वास लुकेको छ

अनेकौँ खुसी लुकेको छ

त्यसलाई तिमी अनुभव गर

अन्ततः

साथमा यही अनुभव नै

तिम्रो लागि

जीवन जिउने

अनभिज्ञ सार बन्नेछ।

 नीता गुरूङ भाटिया। असम भारत।