आऊ म तिमीलाई सुन्छु
तिमी मलाई सुन्नु
जब तिम्रो मनले मेरो मनलाई सुन्छ
मेरो मनले तिम्रो मनलाई सुन्छ
तब सबैले हामीलाई सुन्नेछ्न्

आऊ म तिमीसँग बोल्छु
तिमी मसँग बोल
जब तिम्रो मनले मेरो मनलाई बोलाउँछ
मेरो मनले तिम्रो मनलाई बोलाउँछ
हामीलाई हाम्रै भाषामा सबैले बोलाउने छ्न्

आऊ तिमी मेरो हात समाऊ
म तिम्रो हात समाउँछु
तिमीले मेरो हात
मैले तिम्रो हात समाए
सबैले हाम्रा हात समाउने छन्।

दाङ