चाहिएको छ चिम्पान्जीलाई हाम्रो मानवता
चाहिएको छ पुस्तौँ पुस्तासम्म मानवको माया चिम्पन्जीलाई
सकिनेरहेछ सिक्न उनीहरुको जीवनबाट मित्रता, आशा र डरलाई
मानव डिएनएको ९८ प्रतिशत मिल्दो रहेछ यिनीहरूमा
भएका रहेछौँ कसरी हामी परिमार्जित वर्तमान रुपमा
सुराग दिएको हुन्छ चिम्पान्जीहरूको जीवनकथाले निश्चित रुपमा
चिनाउने रहेछ हाम्रो खराब र असल रूप चिम्पान्जीहरूमा
देखाउने रहेछन् सधैं नयाँ र अद्भुत चीजहरू तिनीहरूले हामीलाई
लोपोन्मुख भै राखेका छन् पुरै विश्व र अफ्रिका भर चिम्पान्जीहरू
घट्दै गएको रहेछ यिनीहरूको संख्या रोग र शिकारीको संहारले
त्यसैले गरेका छन् यिनीहरूको अस्तित्व विनाश मानवले
बनिरहेका रहेछन् अनाथ र अपाहिज भएर शिकारीको महाप्रहार
यिनीहरूको हामी जस्तै संवेदनशील र कोमल हृदयका हुँदा रहेछन्
यिनीहरू जीवन एउटा अनन्त द्वन्द्व रहेछ
राख्दारहेछन् मानवजस्तै सम्बन्ध बनाउने क्षमता यिनीहरूले
गर्दो रहेछन् वृद्धलाई स्याहार र अनाथलाई प्रेमिल व्यवहार यिनीहरूले
बाँचिरहेका छन् हाम्रा पुर्खाहरू प्रत्येक दिन मानवीय खतरामा
निर्भर रहेछ यिनीहरूको भविष्य दिनानुदिन मानवतामा
निहित रहेछ यिनीहरू जीवन क्षेत्रीय सङ्घर्षमा
बसेका रहेछन् यिनीहरू अल्फा पुरुषहरूको प्रभुत्व समूहमा
खोजिरहेका रहेछन् यिनीहरू थप क्षेत्रफलको विस्तारमा
किनकि यिनको अस्तित्वको निर्भर छ फलफूलको रूखमा
यिनीहरू पनि दुःखी हुँदा रहेछन् आफ्नो प्रजातिको वियोगमा
यिनीहरूको झगडाको मूल केन्द्रविन्दु क्षेत्रीय द्वन्द्व रहेछ
यिनीहरूमा मानवजस्तै कोमल र आक्रामक दुवै पक्ष हुँदोरहेछ
दिएका रहेछन् लाखौं मानवलाई नयाँ जीवन सधैं
यिनीहरूको डिएनए निर्मित खोपहरू सधैं
रहेछ बनेको सर्वप्रथम स्वीकृत कोभिड भ्याक्सिन पनि चिम्पान्जी एडेनोभाइरस भेक्टरद्वारा पहिले
त्यसैले चाहिएको छ हाम्रो सबैभन्दा अपार माया र शिकारीबाट सुरक्षा अहिले
नभए हुनेछन् यो घर्तीबाट गुमनाम यी सुन्दर चिम्पान्जीहरू सदैव ।

बर्तुङ्, पाल्पा
(हालः युके )