ए ! मान्छे हो
उल्टो हिँड्न थालेपछि
सूर्य लाग्दैमा उज्यालो भो नठान्नू
यस जिन्दगीमा अनेक छन् छेकबारहरू
भत्काउनु छ तिनकै धुरीहरू

सूर्य ता एउटा चक्र हो
घरी उदाउँछ र घरी अस्ताउँछ
मूर्खहरू यसैलाई मुक्ति भन्छन्
तर यो निरीहता हो
उज्यालो हुन त
नासिनु पर्छ दु:खहरू
झिकिनु पर्छ जिन्दगीका खिलहरू

त्यसैले
ए मान्छे हो
छोड भ्रममा बाँच्न
सिक उज्यालोको गीत गाउन
र, थाल भत्काउन
भ्रमका धुरीहरू …!

सिद्धिचरण नगरपालिका-१०
बेतिनी ढुस्के, ओखलढुङ्गा