मेरी प्रिय प्रकृति !
तिम्रो स्निग्ध प्रकृतिसँग
म र मेरो सगरमाथा क्रीडारत हुँदा
कसरी भन्न सक्यौ
म मात्रै लुटिएँ
मेरो शोषण भो किन भन्यौ ?
किन भुल्यौ ?
किन बिर्सियौ !
सगरमाथा पनि प्रकृतिकै अभिन्न अंग हो
प्रकृतिको पूर्णता- सगरमाथालाई सम्पूर्ण
आफैँमा समाहित गर्दा मात्रै हुन्छ
कल्पना गर
त्यो उचाइ र त्यस्को सामीप्य नभए
त्यो विशालता र त्यस्को गहिराइ
अनुभूत नभए
तिमी आफैँ अतृप्त र अपूर्ण हुन्छौ
त्यसैले मान प्रिय
सगरमाथा हुनुले तिमी पूर्ण छौ
सगरमाथालाई आफूमा विलुप्त गर्दा नै
तिमी सन्तुष्ट छौ
त्यस्को उचाइ र त्यस्ले दिने सौन्दर्यले
तिमीलाई अझै सुन्दर बनाएको छ
त्यसैले प्रिय प्रकृति
सगरमाथालाई आफैँमा लुकाई राख
किनकि
म पनि तिम्रो वक्षमा नभए
सगरमाथा हुनुको अस्तित्व भेट्दिनँ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला