उसले ढुंगा पुजेन
मुर्ति पुजेन
कुनै देवालयमा गएर
ईश्वरको नाममा प्रणाम ठोकेन
घण्टी बजाएन
नितान्त आफ्नै सुरक्षार्थ
कुनै वरदान मागेन
अर्थात यो होइन कि
रेल लाइनमा, सड़कमा, अस्पतालमा
सड़िरहेको वेवारिश लाश उठाएन
पथभ्रम भएर भड़किरहेको
कुनै यात्रुको दिशानिर्देश हुन सकेन
आँखाभरि सहयोगको प्रत्याशामा आउने
कुनै वृद्ध भिखारी
रित्तो हात फर्केन
कुनै मजदुरले जिन्दगीभरि
अलि अलि अलि गर्दै
सञ्चय गरेको व्याङ्कखातामा
या फण्डपैसामा
या ग्रयाचुटीमा
या बीमाधनमा
लोभीआँखा रातो पारेन
या कुनै कार्यालयमा
सेवाको सट्टा
सेतो खाम टेबलमुनिबाट थापेन
समाजसेवा या राजनीति
कुनै पनि होस्
त्यसको नाम गरेर
स्कूल नगई- नगई कुनै वेतन थापेन
उसले ढुंगा पुजेन
मुर्ति पुजेन
कनै देवालयमा गएर
ईश्वरको नाममा प्रणाम ठोकेन
घण्टी बजाएन
उसले ठीक गर्यो कि गरेन?
(डुवर्स, पश्चिम बंगाल, भारत)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला