समयमा ठिक्कै परेको झरीले
अन्नबाली पसाउँछ
असमयमा झिक्कै परेको झरीले
सास्तीका भिर पहरा खसाउँछ
हे ख्वामित! हे प्रभो!
यसपालि त हजुरको ओठे झरी
बर्षिएको बर्षियै छ
गाउँगर्खा सबै तर्सिएको तर्सियै छ
त्यही सुसाउने झरीले
गर्खाबासीका आङजति रुझिसके
पुरिएर कोलाहलमा त्यसैको
मधुर असारे भाका पनि
त्यसै त्यसै ओझेल परिसके ।
तर मलाई त हजुर
झरी प्रभाव नास्ति
भ्यागुतो न हुँ कुवाको
आफ्नै सामर्थ्यको भ्रममा
एकाध बित्ता उफ्रिरहन्छु
बाहिर निस्कनुको लालसामा
एकनास ट्यारट्यार गरिरहन्छु ।।
हजुर म एक भ्यागुतो हुँ
जमेको पानी त देख्नै हुँदैन
प्रजातीय धर्मको नाममा
अनायास प्यारव्यार गरिरहन्छु
न समय जान्दछु, न सन्दर्भ बुझ्दछु
र पो मान्छेलाई पनि आफ्नो जस्तै ठान्दछु
कहाँ ठट्यौली, कहाँ रत्यौली
स्थान औ काल जान्दिनँ म
र त मान्छे मुलाको गाली खाइरहन्छु म ।।।
महेन्द्रनगर-१०, कञ्चनपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला