भन त कागिनी
यो गुँड छोडेर कसरी जाऊँ ?
यतिका वर्षसम्म हामीले हाम्रा
छिमल सन्तानहरू यहीँबाट र्हुक्यायौँ
रूख वृद्ध भयो, चट्याङले हान्यो, उसका हाँगा खंग्रङ्ग सुके
अनि के भयो त ?
मन त भने हरियै दुबो छ
तिमी पनि त हरेक साँझ, बत्ती बाल्नु अघि
आमा ! भनेर कोही अए कि त
कान ठाड्ठाडो पार्छौ पश्चिमैतिर
हतकेलाले घाम छेकेर हेर्छौ
अनि आफ्नै छेउमा
धुमिल छाँया निहाल्दै प्रतिबिम्व खोज्छौ
जो गए त गए मुटुमा तिर्सना दिएरै गए
तिम्रो अन्तरमनको असीम पुकार
जस्तै,
सायद, यो रूखलाई छैन र ?