खोजेर वनमा गिट्ठा
खानु छ
अरु भन्छ्न्, भोट हाल्न कहिले जाने हो
नेताको भाषणले पेट भरिँदैन
साइँला दिदीलाई हाई
दिनभरि खोरिया खन्नु छ
आधा जोवन ढाके पनि
सुख छैन गाउँका दु:ख
हाई कर्णालीका दु:ख
नेता काठमाडौँका पार्टीमा
चिल्ला गाडीले देख्दैनन्
गाउँका दु:ख
पहराका राप माओवादी भएर
खायौं
लाल झण्डा बोक्यौ
तर हाम्रा यी दु:ख कसैले देखेनन्
अहिले नि पानी आउँदैन क्या भन्दाउ
मोटोरबाटो त के कुरा
पहाड दु:ख उस्तै छ्न्
कसलाई के देखाऊँ
हुनेका कुरा सुन्छ्न्
नहुनेका बरै भैग्या
कसले सुन्छ्न् र
गाउँ दु:ख
चरीले लैगा
भन्ने त गीतै छ
एउटा देउडाको सभ्यतामा
हो कविले भन्छ
नेताका भाषण र शासनले
गाउँको चुलो बलेको छैन
आँसु सुकेको छैन
निर्झर बाटो मोटर पुगेको छैन
त्यो दूर छ काठमाडौँदेखि
हो, कर्णाली दूर छ
गाउँका दु:ख दूर छ
नेता दूर छ त्यही भएर
नेतादेखि यो कवि मन दूर छ ।
रुकुम पश्चिम
चौरजहारी नपा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।