याे नीलाे र ठूलाे आकाशमा
जसरी सेता बादलका टुक्राहरू हिँडिराछन्
त्यस्तै भएकाे छ आज मेराे जीवन

हावा जतातिर चले पनि
आँधी जस्ताेसुकै भए पनि

र एक झोँक्का बताससित रुमल्लिनु परे पनि

निश्चल निश्चल हिँडिराछन् आफ्नै गन्तव्यमा

न कसैकाे साथ पाएका छन्
न त कसैकाे साथ नै खाेजेका छन्
लागिराछन् आफ्नै दिशामा एउटा अल्लारे झैँ

उसलाई न त राेगकाे चिन्ता छ
न त शाेककाे
न त भाेककाे नै
बस् आफ्नै धुनमा निमग्न छन्

जब सङ्घर्षका चट्याङ र बिजुली वर्षिन्छन्
तब मात्र गल्न पुग्छन्, पग्लिन पुग्छन्
ती सेता सेता कपासझैँ लाग्ने टुक्राहरू
आफू गल्छन् तर
संसारलाई सुनाैलाे गन्तव्यमा पुग्न प्रेरित गर्छन्

नीलाे र सफा आकाशको दर्शन गराउँछन् ।

फेरि फेरि आउँछन् सबैलाई अभिप्रेरित गर्न
सुनौलाे युगले छिनछिनमा पठाउँछन् यिनलाई
म जस्ताका लागि, केवल म जस्ताका लागि
ताकि छिट्टै नै गन्तव्यमा पुग्न सकून् ।

शुक्लाफाँटा ५, कन्चनपुर