
तमीले हामीले बनाएको थालमा
खान हुँदोरहेछ मार्सी चामलको भात र अचार
तर तमीहरूलाई छुन नहुने कस्तो रहेछ संस्कार
यही पापले होला धेरै वर्ष थियो देश्मा अन्धकार
एउटा मानवले अर्को मानवलाई छुन नहुने
कस्तो धार्मिक समाज !
यस्तो अरु कुनै घर्तिमा छैन रीतिरिवाज
हामीले बनाएको मूर्ति गर्न हुने पूजाआजा
तर हामीले छुन नहुने त्यही मूर्ति कस्तो रहेछौ तमीहरू निर्लज्ज
हामीले बनाएको गहनाले हुने रहेछ तमीहरू शिर उच्च
तर हामीले खाएको भाँडा गर्नुपर्ने सुनपानी अर्चन
त्यसैले जबसम्म प्रत्येक गामबेसीमा सुनाउनेछ यो गान
तब मात्र हुनेछ हाम्रो मातृभूमिको गौरव विश्वमा
एउटा मानव शरीर स्पर्शले कसरी हुँदोरैछ अपवित्र कुनै घर्तीमा
फ्याँक्नु पर्नेछ संसारमै कहीँ नभएको यस्तो कुप्रथा सदैव
अनि बल्ल हुनेछ निमुखाको हित
यही नै हो असलमा प्रजातन्त्रको जित
अब हामी ज्वालामुखीसरह उर्लिने छौँ
गाएर यो छुवाछूत विरुद्धको गीत
चिनिने छन् सबै नेपाली भएर यो देश्मा
यहाँ कुनै छुवाछूतको बिउ पनि उम्रने छैन यो भूमिमा
त्यो बिउलाई जराबाटै उखाल्ने छौँ सबै नेपाली भई एकबद्ध
हटने होइन सदैव छुवाछूतविरुद्ध लड्ने
बनाउनु छ मुलुकभर संघबद्ध
नेपालभरि खोजबिन गरेर हेर
बगेका हुन् सबै नेपालीको एउटै रातो रगत एउटै
त्यहाँ हुन्छ सयौँ थुँगाको एउटा सिंगो नेपाली फूलबारी एउटै ।
बर्तुङ्,पाल्पा(हाल युके )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

