साथमा हुनु कि गाढा हुनु कि त टाढा हुनु रहेछ
जब पहिलोपटक तिमीले भेट्टायौ
हिउँ झै फुस्रो, खोचको उनिऊँ जस्तै
विनार्थ बाँचिराथेँ म
तिम्रो मुहारको जादु व्यवहारकॊ
परमात्माले खडेरीमा वर्ष गरायौ
थिएन, कुनै रहर जीवनको पनि
तैपनि तिमी सिमलको भुवा
गुलियो, लाली बनी सौन्दर्यले
लठ्याइरह्यौ छोइरह्यौ
बाध्य भएँ, चट्टानबाट माटो भई
घर बनाउन तिम्रै सामीप्यमा
थाहै नपाई डुब्न विवश भएछु
प्रेम आफैं हुन्छ, देखिन्न कहिल्यै पनि
अमुर्त छ, बादलभित्र बरफ, जल, आकार पनि
दृष्टिकोण मेरो आँखा थियो
पत्र चल्दैमा आभास हुने
कयौं वायुको स्पर्श
एउटा सन्देशवाहक जहाजजस्तै
महान् छौ तिमी
प्रिय आज तिमीले मरुभूमिमा फूल फुलायौ
अँध्यारोमा रश्मिको शितल उज्यालो दिलायौ
केही पाउन केही गुमाउनै पर्छ
तिमीले मेरो लागि हरपल गुमायौ
मैले तिम्रो निम्ति मनौतामा बिताए
आज म सबैभन्दा आनन्दित छु
तिमीसँगै जीवनलाई परिभाषित गर्ने
मौका पाएँ
तिम्रै कारण तिम्रो पाउ छुन पाउँदा
आनन्दित बन्छु
पीर लाग्छ, कहिलेकाहीँ
तिम्रो हृदय घोच्छु कि भनेर
प्रेम आफैंमा एउटा भाव रहेछ
पहाडबाट हराएको फोहोर पानी
तराईमा सफा भई जल भएझैँ
मस्तिष्क फोहोरहरू
पसिनासरि फाल्न तिमीले नै सिकायौ
एउटा अमूर्त पत्थरमा मन हाँस्दो, रुँदोरहेछ
एउटा ढुङ्गालाई मूर्ति बनायौ
त्यसैले प्रिय, तिमी एउटा स्त्री मात्र नभई
खानी हौ, प्रेमको भावनाको, चेतनाको
तिमीजस्तै हजारौं जन्मिएर
लिप्नु छ कयौं चर्किएका घरहरू
श्रृङ्गार्नु छ फाटिएका अपरिभाषित वितृष्णा मनहरू ।
मण्डन देउपुर न.पा-०१, काभ्रे



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 









