मेरो प्यारो साथी फेसबुक
जबदेखि तिमी आयौ जगतमा
चर्चा कमायौ जनजनमा
बसेका छौ आज मनमनमा
आज तिमी डाक्टर बनेर आयौ
तिमीले सबैलाई पत्रकार बनायौ
छुटेका सम्बन्धलाई जोडेर ल्यायौ
हराएका आफन्तलाई खोजेर ल्यायौ
हे फेसबुक तिमी त मेरो आफ्नो भैसक्यौ
म नि त तिम्रो आफ्नै हुँ
त्यसैले तिम्लाई एउटा अनुरोध
तिमीबाट मेरो एउटै आशा
मलाई अब ईलम सिकाऊ
मलाई अब प्रेरणा दिलाऊ
तिम्रा भित्तामा भोज भत्तेर खा का
फूलमाला लाका, तस्बिर नदेखाऊ
तिम्रा सदस्यहरू अथवा मेरा मित्रहरू
कहाँ गए, के के खाए,
के के लाए, के के गरे
मलाई के को मतलब ?
किनकि तिमीले खाएको, लाएको, गरेको
मैले नि गरिसकेँ
मैले नि देखिसकेँ तिमीले देखेका तस्बिरहरू
तिम्रा ती ठूला घर अनि चिल्ला गाडी
मैले नि देखिसकेँ, मैले नि भोगिसकेँ
त्यसैले किन मेरो समय बर्बाद गर्दैछौ
बरु सक्छौ भने
वर्णन गर तिम्रा तस्बिरहरू
कि किन तिनीहरू महत्त्वका हुन् ?
किन मैले हेर्नुपर्ने तिम्रा तस्बिरहरू ?
सक्छौ भने
देखाऊ तिम्रा कर्महरू, सिकाऊ तिम्रा मन्त्रहरू
ताकि तिमी मेरो आदर्श व्यक्ति बन्न सकौ
हे फेसबुक
विश्वास दिलाऊ सारा जगतलाई
कि
तिम्रा भित्ताले अब कसैको आत्महत्या गराउने छैन
कसैको चरित्र हत्या गर्ने छैन
कसैलाई ईर्ष्यालु बनाउने छैन, अपराधी बनाउने छैन
लगाउ अंकुश तिम्रा सदस्यहरूलाई
ताकि
तिमी दोषी बन्न नपरोस्, तिमी हत्यारा बन्न नपरोस्
तिम्रो भित्ताले सामाजिक सद्भाव खल्बलिन दिने छैन
हे मेरो प्यारो साथी फेसबुक
अब मलाई प्रेरणा देऊ
मलाई समाजका प्रतिष्ठित व्यक्ति चिनाऊ
सत्कर्म गराऊ, सुमार्ग देखाऊ
अनुशासन र नैतिकता पढाऊ
किनकि तिमी मेरो जीवन हौ
तिमी नै मेरो पुस्तक हौ।
हेल्सिन्की, फिन्ल्याण्ड
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।