समय सबैसँग परिचित छ
र पनि यसलाई परिभाषित गर्न र बुझ्न गाह्रो छ
किनकि यो अमूर्त छ ।
समयले परिवर्तनसँगै
आफ्नो प्रतिनिधित्व गर्दै हुन्छ
जसरी पृथ्वीको चौतर्फी चन्द्रमाको गोलाकार गति हुन्छ
हो,समय बित्दै जानु वास्तवमै
अन्तरिक्षको अवधारणासँग जोडिएको हुनुपर्छ ।
समय भनेको त
भविष्यमा हुने घटनाहरूको प्रगति हो रहेछ
जुन, एकै दिशातर्फ लम्किन्छ
समयसँगसँगै अगाडि बढ्न जरुर सकिन्छ
तर फर्किन कठिन छ यहाँ
किनकि जुन बित्यो त्यो समय हो
जसलाई फर्काएर ल्याउन सकिँदैन
हो,समय त निरन्तर आफ्नैै गतिमा अघि बढिरहेको हुन्छ ।
मान्छे समयलाई
घडीर क्यालेन्डरको साथ अनुसरण गर्दै छ
घन्टामिनेट र सेकेन्डमा आधारित छ समय
योत परिस्थिति अनुसार बदलिरहन्छ
आफ्नै गति र मानसिकताको आधारमा ।
जब मान्छे प्रतीक्षामा हुन्छ
समय ढिला हुन्छ
जब ऊ विलम्ब चाहन्छ
समय छिटो हुन्छ
जब मान्छे खुसी हुन्छ
समय छोटो हुन्छ
जब मान्छे दुःखमा हुन्छ
समय अनन्त भइदिन्छ
अल्छीका लागि समय लामो हुन्छ
परिश्रमीका लागि समय अनमोल छ
प्रेमीका लागि त समय सुखद र सुन्दर भैदिन्छ
यसरीनै मान्छे र समयका बिचमा लुकामारी चलिरहन्छ ।
वास्तवमा समयलाई मात्र दोष के दिनु र
यो भएन त्यो भएन भनेर
दोष त मान्छे स्वयंमा हुन्छ
किनकि मान्छेले समयको गतिलाई बुझ्दैन
बगेको खोला फर्किँदैन समयले पर्खिँदैन भनेझैँ
बितेका हरेक पल र क्षण चाहेर पनि फर्काउन सकिदँैन
समयको तालमेल कहाँ हुन्छ र
मान्छेका भावना र मनोविज्ञानसँग
त्यसैले त भनिन्छ समय अनन्त छ र अमूल्य छ
अझ यसलाई अमूल्य बनाउनु पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।