कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन
म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरै बेर, मलाई चिन ।

बाहिरी संसार प्यारो , भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो
सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूल धारो ।

बनि सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ
मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया ।

सबैको न्यानो साथ पाउँदा, जीवनभरी प्रयोगमा आउँदा
सार्थकता त्यहीँ झल्किन्छ जब मलाई व्यवहारमा ल्याउँदा ।

त्यतिबेला ठान्छु भाग्यमानी, चाबी बन्न सक्दा ज्ञानको खानी
नगर कसैलाई हानी, तिमीले त्याग्नुपर्छ पुराना नराम्रा आनीबानी ।

चाहाना मेरो यस्तो, निरर्थक नबनोस, नहोस् कसैको जीवन सस्तो
भनी जानुन जीवन कस्तो, आफ्नै हातमा लगाम् भएको घोडा जस्तो ।

पहिलेको जमानामा, मान्थे मलाई आमा, पुज्थे सबैले शिरोधार्य गरी
अहिले पैसासँग दाज्छन्, मात्र आयश्रोतको साधन, मुटु पोल्छ घरी घरी ।

बिहानभरी हली दाइसँग, दिउसो स्कुलको उमंग, पाउथें आफैँमा रंग
उदास थिएन जीवन मेरो, ढकमक्क फुल्याथ्यो सेरोफेरो र त थिएँ दंग ।

माटोको सम्बन्ध थियो, थियो सम्बन्ध जिन्दगीको हर पल हर क्षेत्र
व्यावहारिक जीवन, सक्षम हुन्थेनन् ती जन, नखुल्दा ज्ञानको नेत्र ।

अहिले मलाई चिनेनी, मेरो साथमा हिनेनी, खुसी हुन्न म त्योबेला
जब गुन्द्रुकको बोट कस्तो प्रश्न गर्छ यस्तो मेरो आफ्नै प्रिय चेला ।

सम्बन्ध टुटेको छ अहिले, साथ दिन्नन कसैले, स्कुले चारघेरामा सीमित
खाली औपचारिकता, छैन निकटता, मलाई स्वीकार्छन् मात्र पु¥याउन रीत ।

चुरीफुरी, पार गरे नि सफलताको दूरी, अन्त्यमा चिप्कन्छु कागजी बोक्रोमा
कतिले उक्काउँछन्, प्रयोगमा ल्याउछन्, कतिले फ्याक्छन् डस्टविनको टोक्रोमा ।