खै किन हो कुन्नी
सधैँ वर्षा दिइरहने
यौटा मेरो मात्र आकाश थियो
आजभोलि त्यसले माया मारिसकेछ
कतै भेटिन्छ कि भनेर माथि माथि हेर्छु
कहाँ देखिन्थ्यो र त्यो आकाश
अहिले त वर्षा दिन छोडिसकेछ
त्यो आकाशले
त्यति मात्र कहाँ हुन्छ र ?
कालो बादल पनि दिन छोडिसक्यो
त्यो आकाशले
त्यसैले मलाई उखर्माउलो भइरहेछ
त्यो आकाशलाई देख्दा
कहिले टपक्क टिपेर
झ्यालबाट फोहोर फालेजस्तो गरी
विनावी विनावी भन्दै
कहिल्यै दुर्गन्ध नफर्किने गरी
रछ्यानमा फालिदिऊँ जस्तो लाग्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला