मनमा सपनाहरू छन् भने
आँखामा आयामहरू बिउँझन्छन्
केही प्रकृतिहरूसँग
केही सहरहरूका
बन्द आवाजहरूसँग, तर
जीवनको मेल हुन्छ
कुनै खुल्ला गगनसँग

एउटा अभिव्यक्तिको स्पर्श
केही थोपा आँसु
फेरि दैनिकी दुखेसो
भुलिदिने सम्झनाहरू
मुस्कान भएर जीवनको
एक्लोपनको आकृति कोर्ने कुनै
हस्तकलाले बनाएको मूर्तिको जादुगरी

मूर्तिकारले पहिला हृदय बनायो होला
मूर्तिको आकृति बनाउनुअघि
कैद भएको छ
सम्झना
ताजा अनुभूतिहरू भने
झरी सकेछन् फूलहरू झरेझैँ

सम्झना झझल्को बनेको दिन
ऐनाले पनि यादहरू मात्र देखाउँछ ।

विराटनगर-१३, नेपाल