
कालो बादल मडारिँदैछ
पश्चिम आकाशबाट
मृत्युतर्फ अघि बढ्दैछ
उज्यालो घाम पूर्वबाट
मेरो बाजेले पनि
नदेखेको त होइन नि
सपना
त्यसैले उस्तै छ बाजेको अनुहार र
मेरो पाइताला मुन्तिरको माटोको रङ
बुद्धले देख्दै गरेको सेतो परेवा
देवदत्तले देख्दै गरेको रातो परेवा
छिः कति झूर कविता !
लौ न साहुनी
एक गिलास लोकल थपौं
बाकै खातामा टिपिदिनू ल !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
