पैसाको दाइ, कुशको दाइ
अचम्म दुनियाँ
स्वार्थको साथी अर्थको भाइ
जीवनको कथिया

आमा भन्थिन्- अघि बढ्दा पछि नहेर्नु
बुवा भन्थे- कर्म कर्तु बाटो नफेर्नु
घर, गाडी, सत्ता, शक्ति किन चाहियो ?
आशन, इज्जत, स्वाभिमानबाट कहिल्यै नझर्नु

दाइको माया पाइएन
भाइ पनि आफ्नै छैन
बाआमाको प्यारो छोरो
पैसाको दास हुँदै भएन

सुनको दाइ, गुनको दाइ
दाइ हुनुको अर्थ के हो ?
भनसुनको भाइ मनको भाइ
सत्य के हो? सर्त के हो?

पैसाको दाइ, कुशको दाइ
अचम्म दुनियाँ
स्वार्थको साथी अर्थको भाइ
जीवनको कथिया !