सुनेँ आज समाचारमा तीतो खबर
पार्दोरहेछ वायु प्रदूषणले धेरै असर
जीवनको गुणस्तरलाई
भ्रूणको विकासलाई
शरीरका अङ्गहरूलाई
अनि गर्दोरहेछ निमन्त्रणा छिटै बुढ्यौलीलाई
मरिरहेका रहेछन् हिउँ पग्लिएर अन्टार्टिकामा पेङ्गुइनका चल्लाहरू अहिले
छैन आश्रय हिउँको यी निरीह बचेराहरूलाई अहिले
प्रयोग गर्दा रहेछन् वालरसहरूले हिउँलाई
एउटा आरामदायी प्लेटफर्मको रूपमा
छोड्ने ठाउँ रहेछ जवान बाछाहरूलाई
गर्दा रहेछन् डाइभिङ आफ्नो भोको पेट भर्नलाई

बाध्य भएका रहेछन् समुद्री बरफको वासस्थानको क्षतिले जिउन किनारमा
अनि डराएर भागी रहेका छन् मानिस ,विमान र ध्रुवीय भालुहरू देखी यिनीहरू जमिनमा
निर्भर हुँदा रहेछन् ध्रुवीय भालुहरू शिकार गर्न र साथीहरू खोज्न समुद्री बरफमा
घट्दै जाँदा समुद्री बरफको संख्यामा
बाध्यकारी भएका रहेछन् बास गर्न लामो समयसम्म भूमिमा पनि
अहिले भोकै भौँतारी रहेका छन् शिशुहरू र आफूहरू पनि
छैन खानलाई सिल र माछाहरू पनि
त्यसैले बढेको छ सम्भाव्यता अहिले
लामो समयसम्म उपवास बस्दा भूमिमा
भोको पेटले कसरी बाँचून् यिनीहरू
रहेछन् विश्वको भीमकाय स्थूल मांसाहारी यिनीहरू

नगरे सम्बोधन जलवायु परिवर्तनलाई आजै
हुनेछन् लोपोन्मुख यो घर्ती बाटै छिटै यिनीहरू
अबको तीन दशकभन्दा अघिल्लै
गुमाउन सक्ने रहेछौ ३० प्रतिशत भन्दा बढी ध्रुवीय भालुहरू
यो घर्तीबाट सदा सर्वदा नफर्कने गरी कहिल्यै

रहेछन् अर्का विश्वको सबैभन्दा चतुर र ठुलो डल्फिनका प्रजातिहरू
यिनीहरूको मातृवत्सल अपार हुँदो रहेछ शिशुहरूमा
बिताउने रहेछन् सम्पूर्ण जीवन पोडहरूमा
अहिले न्यानो ग्रीष्म र समुद्री बरफको आएको क्षीणताले
ठुलो पृष्ठमय फिन र क्षेत्रसँग अपरिचितताले
अहिले समुद्री बरफमा फसेर
भोकै मर्ने परिस्थिति आएको रहेछ ओर्कासहरूलाई
त्यसैले भए जलवायु प्रदूषण प्रति सजगता आजै
जोगिने छन् पलायन हुन् बाट यी बुद्धिमान जीवहरू सधैँ ।

बर्तुङ्,पाल्पा

हालः युके