तिम्रो गुलाफको जस्तो ओठ
तिम्रो मयुरको जस्तो वदन
तिमीलाई देखेपछि मेरो
हृदयको भयो भाव परिवर्तन
बनाउन चाहन्थेँ
म तिम्रो प्रेमी तिमी मेरो प्रेमिका
तर अफ्सोच
न बन्न सकेँ म कृष्ण
न तिमी बन्न सक्यौ राधा
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन्
साँझ ढल्किसक्यो तर
उनी आइनन्
जून जस्तो चम्किलो अनुहार
तिमी नै हौ मेरो कोहिनूरको हार
हामीसँगै हुँदा हुन्छ धरती र आकाशको मिलन
लैला र मजनुको प्रणयजस्तै चलाऊँ हाम्रो मायाको चलन
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन्
साँझ ढल्किसक्यो तर
उनी आइनन्
सँगै बाँच्ने- मर्ने वचन खाएकै छौँ
हरेक मोडमा साथ पाएकै हौँ
तिम्रो यादले मलाई हर पल सताउँछ
तिमी भेट्न आए यो मन शान्त तुल्याउँछ
तिम्रा ती जुल्फी बाल
कलिला हाड
र ती तिम्रा निर्दोष आँखा
पात पतिङ्गर चरा चुरुंगीले पनि गीत
गाउँछ हाम्रै प्रेमको भाकाले
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन्
साँझ ढल्किसक्यो तर
उनी आइनन्
संसारलाई सिकाउन सक्नेसम्म हाम्रो प्रेमको महत्त्व
यही नै रहेछ हाम्रो जीवनको अस्तित्व
होमोजेनस मिक्स्चर जस्तै हाम्रो प्रेमको केमेस्ट्री
मन मुटुमा बसेको सबै तिमीलाई रेन्ट फ्री
छुटाउन सक्ला बरु सूर्यको उज्यालो चन्द्रमाको शीतल
जो कोहीले छुटाउने छैन हाम्रो माया फितलो !
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन्
साँझ ढल्किसक्यो तर
उनी आइनन् ।
कृश अर्याल जिज्ञासु



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




