पारिजात, ए पारिजात
तिम्रो सुन्दरता साहित्यमा
अझै चम्किरहेछ
ती कोमल हरिया पातहरू
सुन्दर ती फूलहरू
जीवन्त फुलिरहेछन्
मेरा मन मष्तिकमा
चाँदनी रातहरूमा तिमी चम्कन्छौ
ताराहरू धर्तिमा आएझैँ
ती तिम्रा फूलहरू
दिव्य रत्नजस्तै
लाग्छ स्वर्गीय मूल्यको
दृष्य यही हो
पारिजात, ए पारिजात
साहित्य रोपेर
तिमीले हिँडेदेखि
फलिरहेछन् सुन्दर फलहरू
प्रकृतिको धनको कदर गर्नेहरूका लागि
तिमी अजम्बरी उपहार हौ
तर तिमी मेरा लागि
मायाकी खानी हौ
मेरो लेखनीको स्रोत हौ
छोटै समय सही
तर मेरो मुटुमा स्थायी छौ
पारिजात, ए पारिजात !
हेटौंडा ५, पिप्ले



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१९ मंसिर २०८२, शुक्रबार 









