व्यापारी – भिखारी
विद्यार्थी – कर्मचारी
व्यभिचारी – दुराचारी
नेता – नीतिनिर्माता
नारा – विचरा
असङ्ख्य जङ्गेहरूको रङ्गे स्थान हो यो

एक हुल देश बिगार्ने र बनाउनेहरूका कुरा गर्छन्
एक हुल देश बनाउने कुरा गर्छन्
एक हुल आफू बन्ने कुरा गर्छन्
एक हुल आफू बनाउनेहरूका कुरा गर्छन्
कुरा गर्नमा मात्रै ठिक्क यो स्थान
मान्छेहरू देखेर नै दिक्क भइसकेको छ ।

यहाँ –
साँझभन्दा अँध्यारा मन छ्न्
मनभन्दा फराकिला मन्दिर छ्न्
मन्दिरभन्दा अग्ला मालिक छन्
मालिकहरूले थिचेका असङ्ख्य बालिक छन्
को छैनन् पाँगा दोबाटोमा ?
जनवाददेखि धनवादसम्म सबै छन् ।