मान्छे भिन्न भिन्न संगठनमा लागेर हिँडेको देखियो
स्वार्थको लागि संगठन परिवर्तन गरेर हिँडेको देखियो
राष्ट्रलाई सम्मान गर्दै आफ्नै राष्ट्रको सेवक बन्छु, भन्नेहरू
अमेरिकाको डि.भी. पर्दा खुसीले नाचेर हिँडेको देखियो
व्यापारिक दुनियाँमा नक्कली नै बिक्दा रैछन् हजुर
मुर्धन्य साधु बन्छु भन्दै खरानी घसेर हिँडेको देखियो
हिजो जो धर्म समाजको अफिम हो भन्दै हिँड्थे
आज उनीहरूले नै गीता पढेर हिँडेको देखियो ।
गार्मा, सोलुखुम्बु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला