आँखाभित्र कैद भएका
थुप्रै सुन्दर सपनाहरू
मान्दैनन् बिदा लिएर जान ।
बिपना हुने सङ्केतसम्म नदेखिँदा
सपनै सपनामा
बित्ने पो हो कि जीवन
शङ्का मात्र लागिरहन्छ मनमा ।
जीवन र मृत्युको लुकामारी
सपनामा खेल्दै र भोग्दै
समयका पर्खाइहरू
एकपछि अर्को गर्दै
ओइलिएका फुलहरू झैँ
फुतुक्क झर्दा पनि
मुसुक्क हाँस्नु पर्ने बाध्यता
जीवनको शाश्वत सङ्केत
सपनामा देख्दा मजै हँुदोरहेछ ।
एकपछि अर्को गर्दै
थुप्रै सपनाका श्रृडखलाहरू
कोही विपनासँग, कोही कल्पनासँग
दुरुस्त भएर
तर्साउँदै, तर्सँदै, बिर्साउदै, बिर्संदै
कहिले जीवनसँग
कहिले मृत्युसँग
सपनाभित्र पनि
जीवन अकर्मण्य भइरहँदा
अर्कै सपना देख्न मन लाग्छ ।
सपनाभित्रै पनि
अर्कै सपना देख्न मन लाग्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला