यही प्रणय दिवसदेखि
प्रणयकाे सुगन्धले सर्वत्र ढाकाेस्
तर त्याे जरुर निस्वार्थ
र केवल प्रणयमय मात्रै बनाेस्
प्रणयकाे रापमा कसैले
प्रेमकाे हत्या गर्नुनपराेस्
काेही लुछिनुनपराेस्
काेही मिल्किनुनपराेस्
कसैले स्वाभिमानी शिर झुकाउनुनपराेस्
काेही बेवारिसे बन्नुनपराेस्
प्रणयकाे दायरा खुम्चिएर
झिँगाकाे पित्त जतिमै पनि
सीमित नहाेस्
प्रेमी र प्रेमिकामा मात्रै कसिएर
प्रणयले अर्थिन छाडेपछि
हरेक प्रजातिका धड्कनमा
प्रणयकै प्राणवायु चलाेस्
प्रणय गीतमा जितकाे बाजा बजाेस्
विश्वासकाे लय बनाेस्
अस्तित्वकाे सुमधुर भाकामा
प्रेम चखेवाकाे नृत्य हेरी
प्रेमामृतकाे प्याला पिएर
दर्शकका प्रेमिल आत्माले
प्रेमकै सञ्जिवनी पाओस् र
बादलले प्रेम नै वर्षाओस्
अनि
धरती प्रणयले सिञ्चित हाेस्
ब्रह्म, विष्णु र महेश्वरदेखि
बुद्ध, माेहम्मद र क्राइस्टादिले
प्रेमामृृत पाेखून् दिव्य पथमा
प्रकृतिका हरेक सिर्जनाले
प्रेमालिङ्गन गर्दै
प्रेमालापले सिँगारेकाे
प्रेमालयमा प्रेमपूर्वक
प्रेमाेत्सर्ग मनाएपछि
सिर्जनाका हाँगाहाँगामा
मुस्कुराऊन् प्रेम फूलहरू
अनि फलून् झुप्पाझुप्पा
रसिला प्रेमफल
दानवता पुच्छर लुकाएर भागाेस्
मानवताकै काँध चढेर
प्रेमाेत्सवकाे स्वर्गीय आनन्दमा
सिङ्गाे प्रकृति समान अनुभूति साँट्दै
सीमा र विभेदका खाडल पुरी
विश्व एकताकाे प्रेमिल नारा घन्काउँदै
प्रेमवायुकै उपहार साँटेर
प्रेमाेत्सर्ग मनाओस्
सृष्टि हितमा
यही छ मेराे
प्रणय शुभेच्छा ।
बूढानीलकण्ठ, काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।