डाँडा पाखा सकल वनमा पालुवा मुस्कुराए
चाैतारीका वरपिपलमा काेइली जुर्मुराए
हावा चल्दा विपिन धरकाे लाकुरीकाे तनैमा
नाैलाे आभा रविकिरणले जन्मिएकाे मनैमा ।

रातै फुल्दै मृदुललयमा झुल्न थाले गुराँस
भाेका नाङ्गा नयनहरूले प्राप्त गर्दै मिठास
सारा पन्छी चिरविर गरी गीत मिठाे सुनाए
आभा छर्दै सकल तरुले पूर्ण कम्मर घुमाए ।

फुल्छन् राम्रा भुवनभरिमा फूल लाखाैँ चमेली
रङ्गीचङ्गी हरिततलमा छैन क्‍वैली अकेली
वासन्ती याे हृदय भरिने चट्ट साैन्दर्य खास
प्रेमी हाे याे प्रकृति सबकाे भर्छ मिठाे सुवास ।

त्याग्दै आयाे शिशिर ऋतुकाे शीतदायी तुसाराे
काँडारूपी सकल दुःखकाे खुल्न थाल्याे तगाराे
घुम्टाे ओढ्दै सकल धरती दिव्य माधुर्य भर्दै
खाेलानाला तृणतरुसँगै हर्ष उल्लास भर्दै ।

बाेकी ल्यायाे सब हृदयमा जाेस नाैलाे उमङ्ग
पन्छी माैरी कुसुमपथमा पर्न थाले फुरुङ्ग
झर्दै जाउन् सकल मनका लाेभ, ईर्ष्या कुकर्म
जागाेस् याैटा शुभहृदयमा मित्रताकाे सुधर्म ।