घरी घरी फर्केर आउने
जीवन भरि टाढा थियो

उसको मेरो नाता कस्तो
म भक्त ऊ देउता थियो

आकर्षण मात्र थिएन त्यो
माया उसको सधैँ निर्मल थियो

निर्मलमा निर्मित भएको
ऊ एउटा सन्त थियो

आजीवन ओझल रहेर
बस्ने हाम्रो नाता थियो

सबैलाई माया गर्ने मलाई
न देख्ने आँखा थियो

बाँचुन्जेल नभेटे पनि
अन्तिम स्पर्श उसैको थियो।