समाजवादले किचिएपछि
म नयाँ नेपालको हवाईजहाज चढेर
देश खोज्दै परदेशिएको छु
आफ्नो प्रतिभा देखाउन

चिन्नेले चिने त ठिकै छ
नत्र रातो बाकसमा फर्केलान्
लाससँगै मेरा सासहरू

किंवदन्ती नबनोस्
मेरा आमाबुवाका सपना
मैले देश छ‍ोडेपछि

शासकले कमाउँदै जाँदा
व्यापारीहरू गरिब भए
व्यवसाय राजनीतिकै फाप्य‍ो
भन्नुस्- कसले के नाप्यो ?

हेलम्बु-६, सिन्धुपाल्चोक